Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मनोज भन्छन्–‘आत्मबलले कोरोना जितेँ’

Manoo-1601645090.jpg

बिगत केही समय यता विश्वभर कोरोनाले जनजीवनलाई सास्तिमा बदलेको छ । अर्थात, कोभिड–१९ का कारण दुःख पाउँदै आएका छन् । कोरोना (कोभिड–१९) भन्ने रोग यस्तो भएर निस्कियो कि  कोरोनाबाट कुन देश, कुन महादेश, कुनै सहर कुनै गाउँ कुनै टोल पनि  बाँकी छैन । सबै भन्दा पहिला चीनमा बुवाङ सिटिमा देखिएो थियोे । त्यसपछि चीनमा मात्र नरही विश्वलाई नै हालसम्म त्रास बनाई रहेको छ ।

कोरोना भाइरसको डर त्रासमा परिहरनु भएका सम्पुर्ण साथीहरुलाई धैर्य धारणा गर्न र आत्मबल बलियो बनाएर रोगको बिरुद्ध लड्न सबै सबैमा हार्दिक अपिल गर्दछु । विश्व्यापी रुपमा फैलिएको कोरोना भाइरसको गतिविधि हेर्ने हो भने अहिले अधिकांश देशमा फैलिसकेका छन् । हाल विश्व भर उपचाररत रहेका सम्पुर्ण बिरामीहरुको धैर्यता पुर्वक बसी स्वास्थ्य लाभको कामना गर्दछु । 

यद्यपी यो जति नै हल्ला र भ्रमहरु फैलाइएको छ । त्यस्तो चै पटक्कै होइन रहेछ जस्तो भन्ने मेरो १५ दिनको आइसोसन बसाईको अनुभव हो । मलाई फोन, म्यासेज मार्फत मेरो स्वास्थ्य अवस्था बुझ्नु हुने, अनि भेट्न आउनुहुने सम्पुर्णमा धेरै धेरै धन्यवाद दिन चाहान्छु । यो हौसला मलाई पक्कै पनि कुनै प्राण घातक रोगको निदान गर्ने ओखती भन्दा कम प्रभावकारी भएको पक्कै थिएन । तपाईहरुको साथ सहयोगले गर्दा आज मैले कोरोना  मुक्त भै  फर्कन पाए छु  ।

मलाई कोरोनाले भाईरसले कसरी आक्रमण ग¥यो पत्तो पाउन नपाई कोरोनालाई सजिलै जित्न सकियो । मैले कोरोना भनेको सामान्य रोग जस्तै अनुभव गरे । तर डाक्टरहरुको भनाई अनुसार जुन मान्छेहरुलाई दीर्घरोग जस्तै निमोनिया, क्यान्सर, ग्यास्टिक, प्रेसर, दम जस्ता रोगले सताइरहेका व्यक्तिहरुलाई चाहिँ बढी पीडित हुन्छन् ।  तर मेरो बिचारमा अहिले हालसम्म त्यस्तै मान्छेहरुले उपचार नपाएर ज्यान गुमाएका हुन  सक्छ ।  

जीवनमा कोरोना लागेको अनुभव गरियो । कोरोना सामान्य रोग रहेछ लक्षण बिना पनि संक्रमण हुने रहेछ । चिन्ता नलिनु होला । यो रोग भनेको समान्य रुघा, खोकी अनि ज्यरो जस्तै हो रहेछ । मलाई यो क्षणमा सहयोग तथा शिघ्र स्वास्थ लाभको कामना गर्नुहुने सम्पुर्ण स्वास्थ्कर्मी, साथीभाई, आफन्तजनमा हार्दिक आभार प्रकट गर्न चाहान्छु । विशेषगरी भीमफेदी गाउँपालिकाका सम्पुर्ण स्वास्थकर्मी, जनप्रतिनिधि तथा कर्मचारी ज्युहरुलाई हार्दिक धन्यवाद ।
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०