Tuesday, 25th August, 2026
वि.स.

मनहरी बजार भदौ ९ गतेसम्म बन्द

manahari-1597497546.jpg

मकवानपुरकाे मनहरी गाउँपालिकाले आगामी भदौ ९ गतेसम्म मनहरी गाउँपालिकाभित्रका सबै पसल तथा व्यवसाय बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिको ३१ साउननमा बसेको बैठकले स्वास्थ्य सेवा प्रबाह गर्ने बाहेक सबै पसलहरु बन्द गर्ने निर्णय गरेको हो ।

यसैगरि बैठकले ३२ साउनबाट कडिकडाउ रुपमा निषेधाज्ञा कार्यान्वयन गर्ने निर्णय गरेको छ । निषेधाज्ञाका बेला हिँडडुल गरेमा वा व्यापार गरेको पाइएमा सरुवा रोग नियन्त्रण ऐन बमोजिम कारबाही अघि बढाउने निर्णय समितिले गरेको छ ।

साथै मर्निङ वाक लगायत गतिविधिहरुमा पनि समितिले रोक लगाएको र अटेर गरेमा कारबाही सुरु गरिने विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif