Monday, 17th August, 2026
वि.स.

मनहरी क्याम्पसमा सुवेदीको नेतृत्व

11111111-1483208569.jpg

मनहरी/मनहरी बहुमुखी क्याम्पसको शनिबार भएको पहिलो साधारण सभाले क्याम्पस सञ्चालक समितिमा नयाँ नेतृत्व चयन गरेको छ । 
समाजसेवी रामहरि सुबेदीलाई अध्यक्षको जिम्मेवारी सर्वसम्मत रुपमा दिइएको हो । उपाध्यक्षमा नवराज सुवेदी रहेका छन् भने कोषाध्यक्षमा जानुकी लामा निर्विरोध भएको निर्वाचन समितिका संयोजक प्रल्हाद लम्सालले जानकारी दिए । 
अन्य सदस्यहरुमा रेखा थापा, गोविन्द रिजाल, कृष्णबहादुर थिङ, गोविन्द पौडेल, लिलाराज सुनार, खुसीलाल मोक्तान, अमित पौडेल, नारायण मैनाली, कमला मैनाली र केशवराज सुवेदी रहेका छन् । 
साधारण सभामा अध्यक्ष खुसीलाल मोक्तानले क्याम्पसको प्रगति विवरण प्रस्तुत गरेका थिए भने क्याम्पस प्रमुख केशवराज सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उद्घाटन सत्रमा बोल्ने अधिकाँशले क्याम्पसको आर्थिक, भौतिक र शैक्षिक विकासका लागि योजना बनाउन नयाँ सञ्चालक समितिलाई सुझाव दिएका थिए । शिक्षाविद् गौरीशंकर लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षाविद् पुरनबहादुर जोशी, मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका अध्यक्ष गोविन्द रिजाल, नेपाल पत्रकार महासंघ मकवानपुरका सदस्य शिवकुमार काशी, सिमपानी देवकोट सामुदायिक वन समूहका अध्यक्ष नारायण उप्रेती, महेन्द्रकिरण उच्च माविका पूर्व अध्यक्ष नेत्र केसी, नयाँशक्तिका लीलाराज सुनार, एमालेका हेमलाल उप्रेती लगायतले बोलका थिए । 
नव गठित कार्य समितिलाई बधाई मन्तब्य एकराज उप्रेतीले दिएका थिए । नवनिर्वाचित अध्यक्ष सुवेदीले आगामी दिनमा क्याम्पसको श्रीबृद्धिका निम्ति हरेक किसिमका उपायहरु लगाएर सबै सरोकारवालालाई एकसाथ लगिने बताए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif