Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मनहरीमा न्यौपानेको भव्य स्वागत

मकवानपुर उद्योग वाणिज्य संघका बर्तमान अध्यक्ष राजकुमार न्यौपाने नेपाल उद्योग वाणिव्य महासंघको केन्द्रीय सदस्यमा विजयी हुनुभएकोमा उनलाई संघको पश्चिमी क्षेत्र समितिले आज मनहरीमा बधाई तथा सम्मान गरेको छ ।

पश्चिमी समितिका सभापति गोविन्द रिजालको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा न्यौपानेले आफ्नो कार्यकालमा मकवानपुरमा नयाँ उद्योग खोल्न पहल गर्ने र नयाँ औद्योगिक क्षेत्रलाई थप व्यवस्थित गर्न लागि पर्ने बताएका छन् । कार्यक्रममा न्यौपानेले व्यावसायिक हकहितमा लागि परेकोले नै आफूलाई सबैले विश्वास गरी निर्वाचित गराएको र आफू केन्द्र सम्म पुग्नुमा मनहरीका व्यवसायीहरुको ठूलो योगदान रहेको बताएका छन् । 

सम्मान कार्यक्रममा समितिका उपसभापति गणेश मानन्धर, सचिव पदम तितुंग, महिला समितिकी सभापति अनिता कर्माचार्य, रामचन्द्र बर्तौला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संघको पश्चिमी क्षेत्र समितिको कार्यालयमा भएको कार्यक्रममा संघका कार्यक्रम अधिकृत देवराज पन्त, सञ्चारकर्मी बालकृष्ण अधिकारी, समितिका पदाधिकारी तथा सदस्यहरुको समेत सहभागिता रहेको थियो ।