Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मनहरीमा ट्रक र कार ठोक्कियो, तीनजनाको मृत्यू

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ८ तिरतिरे धारा नजिकै डिब्बा ट्रक र भारतीय कार ठोक्किएको छ । घटना केही समय अघि मात्र भएको हो ।

दुर्घटनामा परी कारमा सबार तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएको खबर छ ।  एकजना गम्भीर घाइते भएका एकजनालाई उपचारका लागि भरतपुर पठाइएको छ । 

हेटौँडाबाट चितवन तर्फ जाँदै गरेको भारतीय बि आर ०७ डि ५६२५ नंबरको जिप तथा चितवनबाट हेटौँडा आउँदै गरेको ना ६ ख ६५६१ नंबरको ट्रक एक आपसमा ठोकिएपछि दुर्घटना भएको प्रहरीको भनाई रहेको छ ।

यस सम्बन्धी थप खबर आउन बाँकी छ ।
 



https://www.thahatimes.com/public/images/users/57504215_2285399481780456-1574914323.jpg

मनोज तितुङ

titungmanoj@gmail.com