Wednesday, 26th August, 2026
वि.स.

मनहरीमा एक वर्षमा १४६ वटा सडक निर्माण

manhari-1605603644.jpg

मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा वितेको आर्थिक वर्षमा एक सय ४६ वटा सडक निर्माणका योजना सकिएका छन् । सडक निर्माणमा पीच गर्ने, सडकमा स्लाब ढलान गर्ने, नयाँ ट्रयाक खोल्ने लगायतका काम भएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले वताए।

पुर्वाधार विकासका काम मध्यमा धेरैजसो रकम सडक निर्माणको क्षेत्रमा खर्च भएको छ । वितेको आर्थिक वर्षमा नसकिएका धेरै योजना चालु आर्थिक वर्षमा सक्नेगरी तयारी थालिएको उनले वताए।

यसैगरी मनहरी गाउँपालिकाको सबै वडामा गरी वितेको आर्थिक वर्षमा ३५ वटा खानेपानीका योजना निर्माण भएका छन् । बोरिङ गरेर पानी तान्ने, मुहानबाट पाइप मार्फत पानी ल्याउने लगायतका ३५ वटा योजना सकिएको अध्यक्ष उप्रेतीले वताए।

मनहरीमा वितेको आर्थिक वर्षमा ७१ वटा भवन निर्माणका काम भएका छन् । विद्यालयका साना खालका भवन, सहकारीका भवन, सार्वजनिक संघसंस्थाका भवन, स्वास्थ्य कार्यालयका भवन, वडा कार्यालयका भवन लगायतका ७१ वटा भवन निर्माणको काम भएको उनले वताए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif