Wednesday, 26th August, 2026
वि.स.

मनकामना मन्दिर र केवलकार २८ गते बाट खुल्ने

thumb-1607435658.jpg

गोरखामा रहेको प्रसिद्व धार्मिकस्थल मनकामना मन्दिर मंसिर २८ गते आइतबारबाट खुल्ने भएको छ । सोहि दिनबाट केवलकार सेवा पनि संचालनको तयारी थालिएको छ । 

मनकामना क्षेत्र विकास समितिको आज बसेको वैठकले मन्दिर सर्वसाधारणका लाागि खुल्ला गर्ने निर्णय गरेको हो । कोरोना महामारी जोखिम बढेपछि मनकामना मन्दिर र केवलकार गत चैत ८ गतेबाट सर्वसाधारणका लागि बन्द गरिएको थियो ।

 स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मन्दिर प्रवेश खुल्ला गर्ने निर्णय भएको मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक लेवेन्द्र गुरुङले बताए । मन्दिर खुलेपनि तत्कालका लागि पञ्चवली, लाखवक्ति वाल्ने जस्ता पुजाआजा भने तत्कालका लागि नखोल्ने उनले बताए ।

मन्दिर खोल्ने निर्णय भएसँगै मनकामना केवलकार पनि संचालनको तयारी थालिएको मनकामना दर्शन प्रालिका नायव महाप्रवन्धक उज्जल सेरचन बताए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif