Saturday, 22nd August, 2026
वि.स.

मदिरा सेवनबाट पाँच जनाको मृत्यु

madira-1584098590.jpg

धनुषामा मदिरा सेवनबाट पाँच जनाको मृत्यु भएको छ। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका(२ स्थित रमदैया भवाडीमा मदिरा सेवनबाट पाँच जनाको मृत्यु भएको हो। 
होली पर्वमा अत्यधिक घरेलु मदिरा सेवन गरेका पाँचै जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाले जनाएको छ।

मृत्यु हुनेहरुमा क्षिरेश्वरनाथ नगरपालिका(२ रमैदयाका ३० वर्षीय राजु महरा, रामनारायण महरा, ३५ वर्षीय ब्रहमदेव यादव, ३६ वर्षीय गुदरी महरा र ४२ वर्षीय बिलास मण्डल रहेको प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए। 

मृतकहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषा र ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा ल्याएको जनाएको छ। घटनाको अनुसन्धानमा मृतकहरुको घरपरिवारसँग सोधपुछ जारी रहेको प्रहरीको भनाई छ। अघिल्लो वर्ष दशैंमा घरेलु मदिराको कारण आधा दर्जन व्यक्तिको मृत्यु भएको थियो। 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif