Tuesday, 18th August, 2026
वि.स.

मञ्जुश्री असहाय संरक्षण केन्द्र मकवानपुर शाखाद्वारा नवप्रवेशीलाई स्वागत

didi-1614696544.jpg

मञ्जुश्री असहाय संरक्षण केन्द्र मकवानपुर शाखाले नवप्रवेशी दिदीबहिनीलाई स्वागत तथा परिचयात्मक कार्यक्रम हेटौंडामा आयोजना गरेको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनीको प्रमुख आतिथ्य तथा हेटौंडा उपमहानगरपालिका ४ का वडाध्यक्ष नवीन सिग्देल र रेडियो बुलेटिनका प्रबन्ध निर्देशक अनिल खातीको बिशिस्ट आतिथ्य रहेको थियो । कार्यक्रम मञ्जुश्री असहाय संरक्षण केन्द्र मकवानपुरकी अध्यक्ष सम्पूर्ण कुमारी सिग्देलको अध्यक्षतामा भएको थियो । मञ्जुश्री असहाय संरक्षण केन्द्रकी जिल्ला उपाध्यक्ष नमुना पाण्डेले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रममा जिल्ला सचिव समिता रसाइलीले संस्था र योजनाबारे जानकारी दिएकी थिइन् ।

मञ्जुश्री असहाय संरक्षण केन्द्र मकवानपुरका महासचिव सृजना पौडेलले कार्यक्रममा सहजिकरण गरेकी थिइन् । कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख पुडासैनीले देश र राजनीतिबारे सचेत हुँदै महिला हक अधिकारका लागि सबै महिलाहरू सचेत हुनुपर्नेमा जोड दिईन् । वडाध्यक्ष सिग्देलले महिला हिंसाको बिरूद्द आवाज उठाउँदै हिंसा हुनै नदिन सचेतना जगाउन पनि सबैले भुमिका खेल्नुपर्ने बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif