Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मच्छिन्द्रनाथको रथ तान्‍ने क्रममा स्थानीय र प्रहरीबीच झडप

rasasa-1599124401.jpg

स्थानीय युवा र गुठियारले रातो मछिन्द्रनाथको रथ तान्न थालेपछि ललितपुरको पुल्चोकमा प्रहरी र युवाबीच झडप भएको छ । 

रथ तान्न थालेका युवाहरुलाई प्रहरीले रोकेपछि युवाहरुले त्यसको विरोध गरेका थिए । युवाहरुलाई हटाउन प्रहरीले पानीको फोहोरा हान्न थालेपछि युवाहरुले ढुङ्गामुढा गरेका छन् । 
युवाहरुलाई रोक्न प्रहरीले केही सेल अश्रुग्यास हानेको छ । युवाहरुले रथ सडकको बीचमा लगेका छन् भने अहिले पनि तनाव भइरहेको छ । 

कोरोना भाइरसको महामारीको जोखिमका कारण स्थानीय प्रशासन र गुठी संस्थानले रथ तान्ने काम रोक्न निर्देशन दिएका छन् । तर मलमास सुरु हुनुअघि अर्थात् असोज २ गतेअघि नै रथलाई बुङ्गमती पु¥याइ सक्नुपर्ने चलन रहेको भन्दै स्थानीय युवा र गुठियारहरुले रथ तान्ने प्रयास गरेका हुन् । चैत २७ गतेदेखि रथ निर्माण सुरु हुनुपर्नेमा लकडाउनका कारण असार १० गतेदेखि मात्रै निर्माण सुरु भएको थियो । 

त्यसपछि पटक–पटक रथ तान्न मिति तोके पनि कोरोनाको जोखिम कम नभएकाले सुरु हुन सकेको छैन । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०