Sunday, 23rd August, 2026
वि.स.

मकवानपुर राक्सिराङमा जनप्रतिनिधिको निधन

Dala-1588684643.jpg

मकवानपुर राक्सिराङ गाउँपालिका वडा नं ३ का निर्वाचित वडा सदस्य दलराज शाहको २३ वैशाख दिउँसो निधन भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका नेता समेत रहेका शाहको फोक्सोको क्यान्सरका कारण ५९ बर्षको उमेरमा निधन भएको ३ नंम्बर वडाध्यक्ष बाबुलाल स्याङतानले जानकारी दिए । उनी ८ महिनादेखि क्यान्सर रोगबाट पीडित थिए

वि.सं. २०७४ साल बैशाख ३१ गतेको स्थानीय तहको निर्बाचनमा तत्कालीन नेकपा एमालेका तर्फबाट खुला सदस्यमा निर्बाचित शाह असल समाजसेवी र अगुवा किसान थिए । भ¥याङली कृषि सहकारी संस्थाको समेत नेतृत्व गर्नु भएका शाहको निधनले स्थानीय सरकार र नेपाल कम्युनिष्ट पार्टीलाई अपूरणीय क्षति पुगेको वडाध्यक्ष स्याङ्तानले प्रतिक्रिया दिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०