Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुर थाहानगरका दुईसहित आजै ३७ जना कोरोना संक्रमित थपिए (हेर्नुहोस् विवरण)

corona-1597294562.jpg

 मकवानपुरमा बिहीबार ३७ जना कोरोना संक्रमित थपिएका छन् । हेटौंडा आइसोलेसन वार्डबाट सोमबार र मंगलबार लिइएका स्वाबमा ३७ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईंका अनुसार संक्रमित हुनेमा हेटौंडा-९ का ७ जना, हेटौंडा-५ का ४ जना, हेटौंडा-४ का ४ जना, हेटौंडा-२ का १, १० का १ र १३ का १ गरि नगरमा १८ जना रहेका छन् ।

त्यस्तै भीमफेदी गाउँपालिकामा ३, थाहा नगरपालिका २, बकैया गाउँपालिका २, चितवन ठेगाना भएका १, काठमाडौ ठेगाना भएका १ र १० जना प्रहरी गरि १९ जनामा कोरोना संक्रमण देखिएको चौलागाईंले बताए ।