Thursday, 27th August, 2026
वि.स.

मकवानपुर घर भएका प्रहरीको दुर्घटनमा परी मृत्यु

6-1607328248.jpg

मोटरसाइकललाई ट्र्याक्टरले ठक्कर दिँदा मकवानपुर घर भएका एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका वडा नं।६ घर भई हाल इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत ३३ वर्षीय प्रहरी जवान सुजन न्यौपाने रहेका छन् ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत राप्ति नगरपालिका–६ मा पूर्वतर्फ जाँदै गरेको ना ३७ प ५५४५ नम्बरको मोटरसाइकललाई ना ६ त ३३८१ नम्बरको ट्र्याक्टरले ठक्कर दिएको थियो । राति ८ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ट्र्याक्टरको ठक्करबाट मृत्यु भएका न्यौपानेको सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटमा दरबन्दी भई इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थिए । ठक्कर दिने सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif