thahatimes-ad-thekka-1731652826.jpg
Friday, 13th December, 2024
वि.स.

मकवानपुरे नेता थापाको कबिता संग्रह सार्वजनिक

neta-1731236224.jpg

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाको कविता संग्रह ‘बहिनीलाई चिठी’ शनिबार सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच नेता थापाकी बहिनी मिन्टुको ४५ दिनको पुण्यतिथिका अवसरमा कविता संग्रह विमोचन गरिएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष थापाले बहिनी बितेको ४५ दिनमा बहिनीसँग बिताएका समयको बारेमा भावनात्मक संबेगलाई कविता संग्रहमार्फत् अभिव्यक्त गरेको बताए ।

नेता थापाले साहित्य र रचनातर्फ पहिल्यैदेखि अभिरुचि रहेको बताए । अध्यक्ष थापाले आफूले बहिनी मिन्टुको प्रेरणाले कविता संग्रह तयार पारेको जानकारी दिए । बहिनी विमला विष्टको ४५ दिनको पुण्यतिथिका अवसरमा कविता संग्रह विमोचन गरिएको हो । बहिनीमा समर्पित पुस्तकमा जीवनदर्शन, वियोग, राजनीतिक विषयवस्तु, राष्ट्रियतालगायत ६ वटा खण्ड छन् । कृतिमा दाजुभाइ र दिदीबहिनीको मायाप्रेम र बिछोड, सुखमय जीवन, विश्वासघातलगायत विषयमा कविता रचना गरिएको छ ।

कार्यक्रममा नेपाल शिक्षापरिषद्की अध्यक्ष वरिष्ठ साहित्यकार रमा शर्माले कृति लोकार्पण गर्दै वियोगलाई शक्तिमा रुपान्तरण गर्न सिर्जना गरिएको पुस्तक प्रेरणादायी रहेको बताइन् । उनले नेपाली साहित्यको विकासमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् । कृतिलेखक थापाले साहित्यप्रति अभिरुचि भएकाले गीत, कविता लेख्ने गरेको बताउँदै बहिनीसँगको बिछोडको पीडालाई अभिव्यक्त गर्न यो कृति रचना गरेको जानकारी दिए ।

साहित्यकार डा.बम बहादुर थापाजितालीले कविता विषयवस्तुका हिसावले स्वछन्द लयमा रहेको बताउँदै कवितामा बहिनीलाई दिइएको अर्ती, उपदेश भावपूर्ण रहेको साथै मुलुकमा सनातनी, वैदिक महत्वलाई दर्शाउन खोजिएको बताए । पूर्वरथि नेत्रबहादुर थापाले शोकमा लेखिएको कृतिले बेथितिलाई मर्मस्पर्शीरुपमा प्रस्तुत गरेकाले केही कविताले पाठकलाई भावुक बनाउने उल्लेख गरे । लेखक थापाका यसअघि नाकाबन्दी र भूराजनीति, बुबा र द्वन्द्व व्यवस्थापनका चुनौती नामक कृति प्रकाशित छन् ।

मकवानपुरे राजनीतिका कुशल खेलाडी नेता थापाले यसअघि गत भदौ दोेस्रो सातामा नेपाल र भारतबीचमा भूराजनीति, सुरक्षा र सामरिक विषयमा अवधारणागत भिन्नता भएका कारण नेपालले पटक–पटक नाकाबन्दी भोग्नुपरेको विषयमा पुस्तक प्रकाशन गरेका थिए । दुई देशबीचको सम्बन्धलाई उचाईमा पु¥याउनका लागि भूराजनीति र दुई देशबीचमा रहेको अवधारणागत भिन्नतालाई साँघुरो बनाउँदै लैजानु जरुरी रहेको विषयमा उनको पुस्तक राजनीतिकर्मीले अध्ययन गरिरहेका छन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०