Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरमा ४ सय ८० सक्रिय संक्रमित

corona-virous-1605855513.jpg

मकवानपुर संक्रिय संक्रमितको संख्या ४ सय ८० जना पुगेका छन् ।

पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना पुष्टि भए संगै सक्रिय संक्रमितको संख्या ४ सय ८० पुगेको हो । जसमा ४ सय ७२ जना घरमै होम आइसोलेसन र ८ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरका अनुसार जिल्लामा हालसम्म ३ हजार ४ सय ३९ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएकामा हालसम्म २ हजार ९ सय २६ जना संक्रमण मुक्त भएका छन् ।

जिल्लामा हालसम्म २९ जना कोरोना संक्रमणको २९ जनाले ज्यान गुमाएका छन् । जसमा हेटौंडामा २२ जनाको मृत्यु भएको छ भने थाहा नगरपालिका,मनहरी र बकैयामा २र२ जना संक्रमितको मृत्यु भएको । यसैगरी बागमती गाउँपालिकाका एक संक्रमितको मृत्यु भएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif