Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरमा ३७ जना फरार अभियुक्त पक्राउ

parau-new-1605090408.jpg

 मकवानपुर प्रहरीले ५ दिनमा ३७ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ।गत शनिबारदेखि बुधबारसम्ममा विभिन्न अपराधमा संलग्न रही फरार भएका ३७ व्यक्तिलाई पक्राउ गरेको हो ।

जिल्ला अदालत मकवानपुरले समेत विभिन्न मितिमा दोषी करार गरी सजायको फैसला गरिसकेका अभियुक्तहरुलाई कारागार चलान गर्ने तयारी  गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

उनीहरुलाई कैद तथा जरिबाना भुक्तानको लागि जिल्ला अदालत मकवानपुर उपस्थित गराइएको छ। उनीहरुको ८ बर्ष ५ महिना १५ दिन कैद र ८० हजार ७५ रुपैयाँ जरिवाना रहेको प्रहरीले जनाएको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif