Tuesday, 25th August, 2026
वि.स.

मकवानपुरमा २ सय ६७ जनाले जिते कोरोना

lab-1598776301.jpg

मकवानपुरमा हालसम्म कोरोना संक्रमण पुष्टि भएका ४ सय ७२ जनामा २ सय ६७ जना कोरोना मुक्त भएका छन् । जनस्वास्थ्य कार्यलय हेटौंडाका सूचना अधिकारी राम केसीका अनुसार जिल्लामा पुष्टि भएकामा हालसम्म २ सय ६७ जना कोरोना संक्रमण मुक्त भएको बताए ।

यसैगरि उनले पुष्टिर हाल उपचाररत रहनेको संख्या २ सय १ रहेको बताए । जसमा होम आइसोलेसनमा १ सय १८ जना र आइसोलेसनमा ८३ जना गरि २ सय १ जना उपचाररत रहेका छन् ।

उनका अनुसार पुष्टि भएकामा स्वास्थ्यकर्मीको सम्पर्कमा होम आइसोलेसनमा उपचाररत रहनेको संख्या १ सय १८ रहेको छ । जसमा हेटौंडा उपमहानगरपालिकामा १ सय १३ संक्रमित,मकवानपुर गढी गाउँपालिकामा २ जना र बकैया गाउँपालिकामा ३ जना गरि १ सय १८ जना रहेका छन् ।

यसैगरि आइसोलेसनमा उपचाररत रहनेको संख्या ८३ रहेको छ । जसमा हेटौंडाको गौरिटार आइसोलेसनमा ७४ जना,कर्रा आइसोलेसनमा १ जना र मनहरी गाउँपालिकाको आइसोलेसनमा ८ जना गरि ८३ जना उपचाररत रहेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif