Tuesday, 25th August, 2026
वि.स.

मकवानपुरमा हालसम्म ९६८ जनामा कोरोना पुष्टि

c-1599975386.jpg

मकवानपुरमा कोरोना भाइरस संक्रमणको लक्षण देखिएका र कन्ट्रायक टे«सिङमा परेकाहरुको पीसीआर जाँचको कामलाई तिब्र पारिएको छ । हालसम्म मकवानपुरमा ७ हजार २ सय ४९ जनाको पीसीआर जाँच गरिएको छ । जाँच् गरिएका मध्यमा ९ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिए ।

पीसीआर जाँच गरिएका मध्यमा ९ सय ६८ जनामा कोरोना भाइरस संक्रमण देखिएको सेढाईले बताए । यो तथ्याङ्कमा मकवानपुरमा अस्थायी वसोवास गर्ने र कामको शिलशिलामा मकवानपुर रहेकाहरुको तथ्याङक समावेस गरिएको छैन । मकवानपुर स्थायी घर भएका तर, काठमाण्डौ लगायतका जिल्लामा परिक्षण गरेर पोजेटिभ देखिएकाहरुको रिपोर्ट भने समावेस गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif