Sunday, 23rd August, 2026
वि.स.

मकवानपुरमा स्थापना गरिएका सेनिटाइज मेसिन बन्द

hetauda-1589003677.jpg

कोरोना संक्रमणको जोखिमबाट बच्न मकवानपुरमा स्थापना गरिएका सबै सेनिटाइज मेसिन बन्द अवस्थामा रहेको हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन प्रविण श्रेष्ठले जानकारी दिएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय बागमती प्रदेशबाट  सेनिटाइज  मेसिनमा प्रयोग भएको स्प्रे गर्ने तरल पदार्थ मानव स्वास्थ्यको लागि हानिकारक हुने भएकोले सो मेसिनको प्रयोग नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन जारी  भएपछि हेटौँडा अस्पतालमा स्थापना गरिएको सेनिटाइज मेसिन प्रयोगमा नल्याइएको श्रेष्ठले बताए ।

प्रदेश स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका स्वास्थ्य निर्देशक रमेश अधिकारीले उक्त मेसिनको प्रयोगले मावन स्वास्थ्यमा असर पुग्ने भएकोले
 कोरोना संक्रमणबाट बच्न मास्क, सेनीटाइजरको प्रयोग गर्ने , साबुन वा डिटोल पानीले हात हुने विधिनै उत्तम भएको उनले बताए ।

मकवानपुरमा रातोमाटे प्रहरी चेकपोष्ट, हेटौँडा उपमहानगरपालिकाको कार्यालय, जिल्ला प्रहरी कार्यालय, हेटौँडा अस्पताल लगायतका स्थानमा उक्त मेसिन स्थापना गरिएको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०