Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा स्थानीय पाठ्यक्रम सार्बजनिक

picture-2-1504313083.jpg

स्थानीय स्तरमा हुनेगरेको बिपद् जोखिम र जल बायु परिवर्तनका असरहरुका बारेका तयार पारिएको स्थानीय पाठ्यक्रम शुक्रबार हेटौँडामा सार्बजनिक गरिएको छ । 

आधारभूत तहमा अध्ययनका लागि तयार पारिएको उक्त पाठ्यक्रम २० अंकभारको रहेको छ । जिल्ला समन्वय समितिका सभापति रघुनाथ खुलालले ‘विपद तथा जलबायुजन्य जोखिम ब्यवस्थापन र स्थानीय पहिचान’ नाम दिइएको उक्त पाठ्यक्रमको एक समारोका बीच बिमोचन गरेका हुन् ।

पाठ्यक्रमको बिमोचन गर्दै सभापति खुलालले स्थानीय स्तरमा आइपर्ने विपद्लाई न्यूनिकरण गर्नका लागि विद्यालय तहबाटै सिकाई प्रक्रियालाई अघि सारिएको प्रति खुसी व्यक्त गरे । उनले पाठ्यक्रम निर्माणले विपद र जलबायुजन्य परिस्थितिहरुको बारेमा समान बुझाई हुने बताए । 

मकवानपुर जिल्लाका १ देखि ५ कक्षासम्मका विद्यार्थीहरुलाई विपद् व्यवस्थापन, तथा स्थानीय पहिचानको बारेमा जानकारी दिनका लागि पाठ्यक्रम तयार पारिएको हो । पाठ्यक्रम तयार पार्नका लागि जिल्ला शिक्षा कार्यालय मकवानपुरसँगको समन्वयमा ग्रामीण महिला सेवा केन्द्र र केयर नेपाल र सबल परियोजनाद्वारा आर्थिक सहयोग भएको हो । 

पाठ्यक्रममा स्थानीय स्तरका बिपद्हरुका रुप, प्रकार र जोखिमबाट बच्ने उपायहरु उल्लेख छ । त्यसैगरी स्थानिय मठ मन्दिर, पर्यटकीय स्थल, र औद्योगिक क्षेत्रको बारेमा समेत पाठ्यक्रममा उल्लेख छ । पाठ्यक्रम बिमोचन कार्यक्रममा पाठ्यक्रम निर्माण, अंकभार, निर्माण प्रक्रिया लगायतका बिषयमा विद्यालय निरीक्षक देवनारायण चौधरीले प्रस्तुतिकरण दिएका थिए भने केयर नेपालका निरज काफ्लेले सन्दर्भ समाग्रीको विषयमा प्रस्तुतिकरण गरेका थिए । 

कार्यक्रममा केयर नेपालका राष्ट्रिय निर्देशक लोरा विनेन्वर्ग, शिक्षक महासंघका अध्यक्ष जीवन ढकाल, ग्रामिण महिला सेवाकेन्द्रकी अध्यक्ष लक्ष्मी मोक्तान, एकिकृत महिला विकास सेवाका अध्यक्ष सीता बिष्टले मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा विद्यालय निरिक्षक,  स्रोत ब्यक्ति , तथा शिक्षा क्षेत्रका सरोकार राख्ने संस्थाहरुको सहभागिता रहेको थियो ।

पाठ्यक्रम मकवानपुरका १८ वटै स्रोत केन्द्र अन्तर्गत रहेका आधारभूत विद्यालयहरुमा लागू गरिने बताइएको छ । 
  



https://www.thahatimes.com/public/images/users/57504215_2285399481780456-1574914323.jpg

मनोज तितुङ

titungmanoj@gmail.com