Tuesday, 19th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा सक्रिय संक्रमितको संख्या ३ सय नाघ्यो, ५ सय नाघेपछि निषेधाज्ञा

corona-virous-1619763020.jpg

पछिल्लो २४ घण्टामा मकवानपुरमा ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बिहिबार पिसिआर परीक्षणमा ३२ जना र एन्टीजेन विधिबाट गरिएको परीक्षणबाट १६ जना गरी ४८ जनामा कोरोना पुष्टि भएको हो । यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ४ हजार २ सय ४० जना पुगेको छ । मकवानपुरमा हालसम्म ३ हजार ८ सय ८० जना संक्रमण मुक्त भइसकेका छन् ।

मकवानपुरमा आजको दिनमा ३ सय २५ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा ३१० जना घरमा,९ जना हेटौंडा अस्पतालको आईसियूमा र ६ जना गौरिटार आइसोलेसनमा उपचाररत रहेका छन् । मकवानपुरमा कोरोनाबाट हालसम्म ३५ जनाको मुत्यु भएको छ ।

संक्रमितको संख्या ५ सय नाघेपछि निषेधाज्ञा
जिल्ला प्रशासन कार्यलय मकवानपुरको कोभिड–१९ संक्रमण रोकथाम,नियन्त्रण तथा व्यवस्थापनले जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय नाघेपछि निषेधाज्ञा जारी गर्ने तयारी गरेको छ । जिल्ला प्रशासन कार्यलय मकवानपुरकाका प्रमुख भरत मणी पाण्डेले जिल्लामा सक्रिय संक्रमित ५ सय नाघेपछि संक्रमण बढ्न नदिन निषेधाज्ञा जारी गरिने बताए । उनका अनुसार जिल्लामा सक्रिय संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०