Saturday, 22nd August, 2026
वि.स.

मकवानपुरमा शैक्षिक सहयोग अक्षयकोष दर्ता

मकवानपुर जिल्लामा शैक्षिक सहयोग अक्षयकोष नेपाल नामक संस्था दर्ता भएको छ । शैक्षिक क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यकासाथ अक्षयकोषको स्थापना गरिएको हो । 

जिल्ला प्रशासन कार्यालयमा १६ भाद्रमा संस्थाको दर्ता गरिएको छ । दर्ता नम्बर १९२८ मा हेटौंडा–२ मा कार्यालय रहने गरि कोष दर्ता गरिएको तदर्थ समितका संयोजक रघुनाथ खुलालले जानकारी दिए । आर्थिक, सामाजिक रुपले पछाडी परेका वर्गका बालबालिका र विभिन्न कारणले आमाबाबु गुमाएका बालबालिकाहरुले आफ्नो पठनपाठन अगाडि बढाउन सकुन् भन्ने उद्देश्यकासाथ अक्षयकोष स्थापना गरिएको उनले बताए ।  

सबैका लागि शिक्षा भन्ने मर्मलाई सार्थक बनाउने तथा सरकारलाई सहयोग पु¥याउने उद्देश्यकाले कोषको स्थापना गरिएको प्रमुख खुलालले बताए । तत्काल एक करोड रुपैयाँको अक्षयकोष बनाउने तथा प्रत्येक वर्ष कोष बृद्धि गर्दै लग्ने लक्ष्य लिइएको खुलालले बताए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif