Wednesday, 19th August, 2026
वि.स.

मकवानपुरमा रहेको हात्तिसार संग्राहालयलाई थप व्यवस्थित बनाइने

hattisar-1609565237.jpg

 मकवानपुरको भीमफेदीको हात्तिसार संग्राहालयलाई थप व्यवस्थित बनाइने भएको छ । बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले डिभीजन वन कार्यालय हेटौंडा मार्फत व्यवस्थित बनाउन लागिएको हो ।

चालु आर्थिक वर्षका लागि छुट्याइएको रकमबाट ठेक्का मार्फत काम गर्न लागिएको डिभीजन वन कार्यालय हेटौंडाका सुचना अधिकारी अच्युत उपाध्यायले बताए । संग्राहालयमा पर्यटक भित्रयाउनका लागि यसको भवन मर्मत संभार गर्न लागिएको छ । यसका लागि १५ लाख रुपैयाँ छुट्याइएको उनले बताए ।

संग्राहालयमा दुर्इ वटा हात्ति सहितको प्रतिमा स्थापना पनि गर्न लागिएको छ । यसका लागि ४० लाख रुपैयाँ बजेट छुटेयाइएको छ । हात्तिसार संग्राहालयको महत्व दर्साउनका लागि हात्तिको प्रतिमा स्थापना गर्न लागिएको हो ।

हात्तिसार संग्राहालयको मुख्य प्रवेशद्वार पनि निर्माण गर्न लागिएको छ । टिकट घर सहितको प्रवेशद्वार निर्माण गर्न लागिएको उपाध्यायले बताए । यसका लागि २० लाख रुपैयाँ छुट्याइएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif