Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

मकवानपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मकवानपुरको हेटौडा उपमहानगरपालिकामा मुख्य निर्बाचन अधिकृत कार्यलय स्थापना गरिएको हो ।

मकवानपुरको ८ वटा गाँउपालिका र थाहा नगरपालिकामा पनि अब वैशाख १२ गते भित्र नै निर्वाचन अधिकृत कार्यालय स्थापना हुने निर्वाचन आयोग मकवानपुरका प्रमुख निर्वाचन अधिकृत गोविन्द पौडेलले जानकारी दिए । स्थानीय तहस्तरमा स्थापना हुने निर्वाचन अधिकृतको कार्यालयले उक्त स्थानीय तहमा निर्वाचनको सम्पुर्ण प्रकृया सञ्चालन गर्ने छ ।

मकवानपुरमा स्थानिय तहको निर्वाचनको लागि २ सय ९५ वटा मतदान केन्द्र तोकीएको छ भने २ लाख २७ हजार ७ सय ५९ जना मतदाता छन ।