Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा बिहानै ११४ जनामा कोरोना पुष्टि (पूर्ण विवरणसहित)

corona-1-1602815997.png

मकवानपुरमा ३० कर्तिक शुक्रबार बिहानै सार्वजनिक गरिएको रिपोर्टमा ११४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । आयुर्वेद तथा जनस्वास्थ्य प्रर्वद्धन शाखा गोरक्षेश्वर कोभिड–१९ स्वाब संकलन केन्द्रले जारी गरेको रिपोर्ट अनुसार मकवानपुरका विभिन्न स्थानीय तह र अन्यत्र घर भई मकवानपुरमा बसोबास गर्नेसहित ११४ जनामा कोरोना पुष्टि भएको हो ।

जनस्वस्थ्य निरीक्षक भोला चौलागाईंले दिएको जानकारी अनुसार हेटौंडा उपमहानगरपालिा भित्रमा ९३ जना कोरोना संक्रमित फेला परेका छन् । जसमा हेटौंडा–११ मा ३० जना, हेटौंडा–४ मा १९ जना, हेटौंडा–५ मा १३ जना रहेका छन् । यस्तै मनहरी गाउँपालिकामा ८ जना, भीमफेदीमा–२ जना, वकैयामा–२ जना मकवानपुरगढीमा–३ जना, वाग्मती गाउँपालिकामा–१ र अन्यत्र घर भई मकवानपुर बस्ने ५ जनामा कोरोना देखा परेको छ । असोज २८ गते संकलन गरिएको १९७ जनाको स्वाब परीक्षण गर्दा ११४ जनामा कोरोना देखा परेको हो । जसमा पुरुष र महिला ५७, ५७ जना रहेका छन् ।

 

 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०