Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरमा बसमा मोटरसाइकल ठोक्किदा एक जना घाईते

accident-new-1606454347.jpg

 
हेटौंडा–नारायणगढ सडकखण्डको मनहरी गाउँपालिका वडा नम्बर ७ रमनटारमा रोकिराखेको ना ६ ख १४८८ नम्बरको यात्रुबहाक बसलाई हेटौंडातर्फ आउँदै गरेको ना ५९ प ३२१६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

दुर्घटनामा परी मोटरासइकल चालक मनहरी गाउँपालिका वडा नम्बर ६ का २४ वर्षीय कुन्शाल लामा गम्भीर घाइते भएका हुन ।

ना ६ ख १४८८ नम्बरको यात्रुबहाक बसले ना ५९ प ३२१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा लामा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका लामा लाई उपचारको लागि चितवन पठाइएको प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif