Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरमा बलात्कारको घटना बढ्दो , तीन वर्षमा ९० घटना दर्ता

balkar-1605340464.jpg

तीन वर्षको तथ्यांक तुलना गर्दा मकवानपुरमा बलात्कारका घटनामा वृद्धि भएको छ ।

आर्थिक वर्ष ०७४र७५ मा २२ वटा बलात्कारका घटना दर्ता भएको मकवानपुरमा आव ०७५र७६ मा ३२ र ०७६र७७ मा ३६ वटा पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालू आर्थिक वर्ष ०७७र७८ को असोज दोस्रो सातासम्म १० वटा बलात्कारका घटना थप दर्ता भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।

यो अवधिमा एउटा हाडनाता करणी दर्ता भएको रानाले बताए । बलात्कार प्रयासका घटना ३ आर्थिक वर्षमा बराबर रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ । आव ०७४र७५ मा १०, आव ०७५र७६ र ०७६र७७ मा समान आठ–आठवटा बलात्कार प्रयासका घटना दर्ता भएको प्रहरीले जनाएको छ ।

यसैगरी बालयौन दुरुपयोग पनि बढेको छ । आव ०७५र७६ मा सात र आव ०७६र७७ मा आठवटा बालयौन दुरुपयोग भएको प्रहरीको तथ्यांक छ । बितेको तीन वर्षमा जातीय छुवाछुत र अप्राकृतिक मैथुनका घटना दर्ता भएको छैन ।

प्रवक्ता रानाले जनचेतना अभिवृद्धि गर्नु नै यौनजन्य हिंसा न्यूनीकरणको प्रमुख उपाय भएको बताए । उनले बलात्कारका घटना शून्य नहुने भन्दै यसलाई न्यूनीकरण गर्न सचेतना फैलाउने, आत्मरक्षाका लागि तालिम लिनेलगायतका थुप्रै उपाय अपनाउनुपर्ने दाबी गरे ।

मानिसको मानसिक खराबीकै कारण बलात्कार बढेको भन्दै यसलाई न्यूनीकरण गर्न जनचेतना बढाउनुपर्नेमा सबै निकायको ध्यान पुग्नुपर्ने रानाको भनाइ छ ।

डिएसपी रानाले बलात्कारको घटना मात्रै नबढेको र विगतमा भन्दा अहिले नागरिकमा सूचना प्रविधिको सहज पहुँच भएकोले लुकेका घटना बाहिर आएको धारणा राखे ।

विगतमा डर, त्रास र सामाजिक प्रतिष्ठाका कारण पनि धेरैले घटना गुम्स्याएर राख्ने गरेको स्मरण गर्दै हाल पीडा लुकाएर बस्ने बालिका तथा महिला कम भएको उनले बताए । नयाँ पत्रिकाबाट



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif