Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा फेरि थपिए २० संक्रमित, हेटौंडाका मात्रै १८ जना

corona-1-1604122471.png

मकवानपुरमा फेरि २० जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा १८ जना हेटौंडा उपमहानगरपालिकाका छन् भने २ जना राक्सिराङ गाउँपालिकाका छन् । 

शुक्रबार बेलुकी सार्वजनिक रिपोर्ट अनुसार हेटौंडा-१ मा २ जना, हेटौंडा-४ मा १ जना, हेटौंडा-५ मा २ जना, हेटौंडा-६ मा १ जना, हेटौंडा-८ मा ५ जना, हेटौंडा-९ मा ६ जना, हेटौंडा-१० मा १ जना रहेका छन् । राक्सिराङ-४ मा १ जना र राक्सिराङ-८ मा १ जना संक्रमित थपिएको अस्पतालले जनाएको छ । 

चितवन मेडिकल कलेज स्वाब संकलन केन्द्रमा संकलित ३८३ नमूना मध्ये ६५ जनामा पोजेटिभ देखिएको र मकवानपुरका २० जनामा संक्रमण देखिएको माइक्रोबायोलोजी विभागका प्रमुख डाक्टर अनुप पौडेलले जानकारी दिए ।

 

20201031_094615-1604118234.jpg



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०