Thursday, 20th August, 2026
वि.स.

मकवानपुरमा प्रहरीले चलायो ७ राउण्ड हवाइ फायर, किन ?

मकवानपुरको नेवारपानी प्रहरी चौंकीमा स्थानीयले तोडफोड गर्न थालेपछि प्रहरीले ७ राउण्ड हवाइ फायर गरेको छ। २५ कार्तिक राती मापसे सेवन गरेर महिला तथा युवती जिस्क्याउने हेटौंडा १९ का राजकुमार जिम्बालाई नियन्त्रणमा लिएपछि केही स्थानीयले उनलाई छुटाउन माग गर्दै प्रहरी चौकी घेराउ गरेका थिए।

छुटाउन नमानेपछि स्थानीयहरु तोडफोड उत्रिएपछि भिड नियन्त्रण लिन हवाइ फायर गर्नु परेको एसपी विकास राज खनालले जानकारी दिए। प्रहरीले तोडफोडमा सम्लग्न ७ जनालाई नियन्त्रणमा लिएको छ। एक जना प्रहरी घाइते भएका छन् ।

पिकनिक खान हाँडिखोला गएका जिम्बासहितका एक समूहले स्थानीय महिला र युवती जिस्काएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif