Tuesday, 25th August, 2026
वि.स.

मकवानपुरमा पनि देखियो "सलह"

55-1593252491.jpg

१३ असार  बिहान मात्रै नेपाल प्रबेश गरेको सलह किरा मकवनपुरमा पनि देखा परेको खछ । मकवानपुरको, मकवानपुरगढी गाउँपालिका वडा नं २ र ३ बडामा सलह किरा देखीएको गाउँपालिका उपाध्यक्ष हर्कमाया रुम्बाले जानकारी दिइन् ।

उनका अनुसार सलह किराको एक हुल उडेर मकवानपुरगढी वडा नं। ३ धमिले स्थित दोर्जे लामा स्याङतानको मकैबालीमा क्षति पु¥याएर बडा नं। २ दुई तर्फ उडेको बताइन । सलह किरा देखिएसंगै त्यहाँका किसानहरु आतंकीत बनेका छन् भने केहीले घरको छाना बजाउने, थाल बजाउने गर्दै भाग भाग भईरहेको उनले बताइन् ।

त्यस्तै मकवानपुरको बकैया गाउँपालिका तथा हेटौँडाको वडा नंबर १८ को केहि क्षेत्रमा समेत सलह किरा देखीएको छ । बकैया गाउँपालिकाको बारा जिल्लासंग जोडिएको वडा नंबर १, २, र ७ का विभिन्न क्षेत्रमा देखिएको जानकारीमा आएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif