Tuesday, 19th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा दुर्लभ भोेटेलहरा भेटियो

vote-lahara-1619682336.jpg

वनस्पति अनुसन्धान केन्द्र मकवानपुरले ‘भोटेलहरा’ नामको दुर्लभ वनस्पति फेला पारेको छ ।

तीन महिना भन्दा बढी समय लगाएर यस वनस्पतिको प्राकृतिक बासस्थान फेला पार्न सफल भएको खोजी कार्यमा जुटेका वनस्पति अनुसन्धान केन्द्र मकवानपुरका प्रमुख रघुराम पराजुलीले बताए । दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि ९साइटिस० को सूचीमा रहेको भोटेलहरा हाल पाउनै मुस्किल छ । धेरै वर्ष अगाडि मकवानपुरमा भोटेलहरा रहेको अभिलेखमा भेटिएका कारण यसको बासस्थानको खोजीमा लागिएको प्रमुख पराजुलीले जानकारी गराए। ”वनस्पति विभागको अभिलेखमा यो वनस्पति मकवानपुरमा रहेको थाहा पाएर भोटेलहरा खोजी सुरु गरेका थियौ । अहिले प्राकृतिक बासस्थानको खोजी कार्यमा सफलता हात पर्यो । मकवानपुरको कान्ति लोकपथको ठिङ्गन छेत्र आसपासमा यो वनस्पति फेला परेको हो” पराजुलीले बताए ।

भोटे लहरा अन्तराष्टिय महत्वको वनस्पति हो’ यो एन्जिओस्पर्म जस्तै देखिने जिम्नोस्पर्म वर्गको वनस्पति हो । भाले र पोथी अलग अलग फूल हुने र बोट समेत अलग हुन्छ । विरुवाको उत्पति तथा विकासमा यस वनस्पतिको धेरै महत्व रहेको छ । यसका गुणहरु केहि जिम्नोस्पर्म्स र केहि एन्जिस्पर्म्ससॅग मिल्दा देखिन्छन् । औषधीय गुणहरु पनि रहेका छन् । साइटिस अन्तर्गतका तीन अनुसूचीमध्ये भोटेलहरा तीन नम्बरको अनुसूचीमा पर्दछ । जुन, दुर्लभ वनस्पति भनेर चिनिन्छ ।

यो वनस्पति यस अगाडि तनहुँ र संखुवासभा जिल्लामा फेला परेको बताइएको छ । पराजुलीका अनुसार उनले मकवानपुरका सम्भाव्य सबैजसो स्थानहरुमा खोजी कार्य गर्दा समेत भोटे लहरा फेला नपरेपछि यस अगाडि नै फेला परेको तनहुको ढोरवाराही पुगेर नमुना संकलन गरि ल्याएर वृन्दावन वनस्पति उद्यानमा प्रजनन अनुसन्धानमा लागि परेका थिए ।

उनले आफैले उक्त भोटेलहरा फेला पार्न सफल भए । यस्तै अन्य दुर्लभ एवं लोपोन्मुख धेरै वनस्पतिहरु हुन सक्छन् जसको लागि आफू र कार्यालयका कर्मचारीहरुलाई अध्ययन अनुसन्धानमा अभिप्रेरित गरिने पराजुली बताउछन्। उनले भने ”भोटे लहरा मकवानपुरमा फेला पार्ने प्रण पूरा भयो । अब यसको थप अनुसन्धान गरिनेछ । फेला पारिएको भोटे लहराको हर्वेरियम संग्रह पनि गरिनेछ ।”

उक्त कार्यालयले बहुआयामिकढंगबाट वनस्पति अध्ययन, अनुसन्धान, सम्वद्र्धन, प्रवद्र्धन गर्दै अगाडि बढ्ने प्रयास गरिरहेको र भविष्यमा वनस्पति स्रोतको सही सदुपयोग गरी यसलाई उत्पादनस“ग जोडेर राज्यको कुल ग्राहस्थ उत्पादनमा केही मात्रामा भए पनि योगदान गर्नसक्ने गरी कार्य अगाडि बढाइरहेको पराजुली बताउछन् । ‘यहीअनुरुप आफ्ना कार्यक्रमहरु तय गरेर लागु गरिरहेका छौं,’ उनले थपे । वनस्पति स्रोतको सर्वांगीण विकास, सदुपयोग र राज्यको कुल ग्राहस्थ उत्पादनमा वनस्पति स्रोतलाई मूलप्रवाहीकरणका लागि आबश्यक अध्ययन, अनुसन्धान, प्रविधिविकास र प्रविधि हस्तान्तरणका लागि वनस्पति विभाग स्थापना भएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०