Tuesday, 25th August, 2026
वि.स.

मकवानपुरमा दुई प्रहरी निरिक्षक सहित ४७ जना प्रहरीमा कोरोना

c-1599889974.jpg

मकवानपुरमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएका मध्यमा ४७  जना जनपथ प्रहरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुर अन्तरगत कार्यरत दुईजना प्रहरी निरिक्षक सहित ४७ जना प्रहरीमा एकै दिन कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रहरी उपरिक्षक शुशिल सिंह राठोरले जानकारी दिए ।

मकवानपुरमा कोरोना संक्रमित जनपथ प्रहरीको सख्या एक सय १५ जना पुगेको छ ।  ४७ जना प्रहरी मध्यमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत १२ जना र अरु दंगा प्रहरी गढमा कार्यरत ३५ जना प्रहरीमा कोरोना पुष्टि भएको हो ।

अत्यावस्यक काम परेर घरबाट फर्किएका, तालिम लिएर फर्किएका र थुनुवाबाट कोरोना फैलिएको एसपी राठोरले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif