Saturday, 22nd August, 2026
वि.स.

मकवानपुरमा दादुरा रुवेला खोप अभियान दुई चरणमा संचालन गरिने

dadura-1583932953.png

दादुरा रुवेला खोप अभियान २०७६/०७७ अन्तर्गत मकवानपुरको स्थानीय तहहरुमा दुई चरणमा खोप लगाइने भएको छ । सन् २०२० मा दादुरा खोप अभियान अन्तर्गत पहिलो चरणमा बकैया गाउँपालिकामा चैत्र १ गते देखि २३ गते सम्म अभियान चलाउन लागेको प्रमुख उपाध्यायले बताए । खोप अभियान राक्सिराङ गाउँपालिकामा पनि १ गते सुरु भई ६ गते सम्पन्न गरिने, कैलाश गाउँपालिकामा १ गते बाट ११ गते सम्म, बागमती गाउँपालिकामा १ गतेबाट ९ गते सम्म र मनहरी गाउँपालिकामा १ गतेबाट ८ गते सम्म खोप अभियान चलाउने तयारी रहेको प्रमुख उपाध्यायले बताए । 

दादुरा–रुवेला खोप अभियानको दोस्रो चरणमा भीमफेदी गाउँपालिकामा चैत्र १० गतेबाट १८ गते सम्म, इन्द्रसरोवर गाउँपालिकामा १५ गतेबाट २३ गते सम्म, मकवानपुरगढी गाउँपालिकामा १७ गतेबाट २३ गते सम्म, थाहानगरमा १५ गतेबाट २३ गते सम्म र हेटौंडा उपमहानगरमा ११ गतेबाट १९ गतेसम्म अभियान सञ्चालन हुने बताए ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार मकवानपुरमा ९ देखि २४ महिनाको बालबालिकाको संख्या १२ हजार ९८ र २४ देखि ५९ महिनाको संख्या ३१ हजार २०५ जना गरि ४३ हजार ३०३ बालबालिकालाई दादुरा रुवेलाको खोप लगाउनु पर्ने रहेको छ । मकवानपुरमा एक हजार १ सय ७८ जना खोप कार्यकर्ता खटाएर ५ सय ४१ स्थानमा खोपकेन्द्रबाट खोप लगाइने प्रमुख प्रणयकुमार उपाध्यायले बताए ।

जिल्ला स्तरीय खोप समन्वय समिति मकवानपुरका संयोजक तथा जिसस प्रमुख रघुनाथ खुलालको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा जिसस उपप्रमुख भगवती पुडासैनी लगायतको उपस्थिती रहेको थियो । सो अवसरमा विश्वमा दादुरा–रुवेलाको अवस्था र नेपालमा विगत दुई वर्ष अघि र अहिलेको अवस्थाबारे जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रणयकुमार उपाध्यायले कार्यपत्र प्रस्तुत गरेका थिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif