Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरमा थाहानगरकाे ५ सहित ५९ जना कोरोना संक्रमण पुष्टी

COROOO-1604025167.jpg

मकवानपुरमा थाहानगरका पाँचसहित ५९ जना कोरोना भाइरसका संक्रमीत थपिएका छन् ।

हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईंका अनुसार ३६ जना पुरुष र २३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण हुनेहरुमा हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाका ४८ जना, थाहा नगरपालिकाका ५ जना, मनहरी गाउपालिकाका ५ जना र बकैया गाउँपालिकाका १ जना रहेका छन् ।

यसैगरी हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर २ का सबैभन्दा धेरै ९ जनामा कोरोना पुष्टि भएको छ भने वडा नम्बर ५ र ९ मा ८-८ जनामा संक्रमण पुष्टि भएको छ । निरीक्षक चौलागाईंका अनुसार कार्तिक १३ गते संकलन गरिएको स्वाब मध्ये ११० जनको परिक्षण गर्दा ५९ जनामा संक्रमण पुष्टि भएको हो ।

 

20201030_060911-1604017659.jpg



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif