Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा थप २ जना संक्रमितको मृत्यु,मृतकको संख्या २८ पुग्यो

death-1605579782.jpg

कोरोना भाइरस संक्रमणको कारण मकवानपुरको बकैया गाउँपालिकाका र हेटौंडा उपमहानगरपालिकाका गरी थप २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बकैया गाउँपालिकाका वडा नंबर ७ का ६० वर्षीय पुरुष रहेका छन् । उनको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । अस्पतालका अनुसार उनि कार्तिक २१ गते ज्वोरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई अस्पतालमा भर्ना भएका थिए । उनलाई कार्तिक २४ गते कोरोना पुष्टि भएको थियो । उनको उपचारको क्रममा कार्तिक ३० गते साँझ मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।

यसैगरि कोरोनाको कारण मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिकाका एक रहेका छन् । मृत्यु हुनेमा उपमहानगरपालिका वडा नंबर ४ का ५४ वर्षीय रहेका छन् । भरतपुर अस्पतालका अनुसार सोमबार कार्तिक १ गते कोभिड संक्रमण सहित ज्वोरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई अस्पतालको कोभिड आइसीयु भर्ना भएका थिए । उनलाई सोमबार नै कोरोना पुष्टि भएको थियो । उनको उपचारको क्रममा सामबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो संगै मकवानपुरमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ । जसमा हेटौंडाका २१ जना,थाहा,बकैया,मनहरीका २/२ जना र बागमती गाउँपालिकाका १ जना रहेका छन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०