Tuesday, 18th August, 2026
वि.स.

मकवानपुरमा थप १ सय ७४ जनामा कोरोना पुष्टि

corona-virous-1621590451.jpg

 मकवानपुरमा थप १ सय ७४ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्डामा ३ सय २८ जनामा गरिएको पिसिआर र एन्टीजेन परीक्षणमा थप १ सय ७४ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

पुष्टि हुनेमा सबैभन्दा बढी १ सय १८ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।यसैगरि १८ जना थाहा नगरपालिकाका,११ जना मकवानपुसरगढीका,राक्सिराङका ९ जना,भीमफेदीका ८ जना,मनहरीका ६ जना,ईन्द्रसरोबरका ३ जना र कैलाशका १ जना रहेको कार्यलयले जनाएको छ ।

यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ७ हजार २ सय ३१ पुगेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif