Tuesday, 18th August, 2026
वि.स.

मकवानपुरमा थप ११२ जनाले कोरोना जिते

covide-1621591704.jpg

मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या बढ्दै गएपनि कोेरोना जित्नेको संख्या पनि बढ्दै गएको छ ।शुक्रबार जिल्लामा थप १ सय १२ जनाले कोरोन जितेका छन् ।

पछिल्लो २४ घण्टामा होम आइसोलेसनबाट १सय १२ जना र आइसोलेसनबाट ६ जना गरी थप १ सय १२ जनाले कोरोना जितेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

कोरोना जित्नेमा सबैभन्दा बढी १ सय १ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । यसैगरि ,मकवानपुरगढीका ९ जना,मनहरी,भीमफेदी र कैलाशका २ २ जना तथा बागमती र राक्सिराङका एकएक जना रहेको कार्यलयले जनाएको छ । यो संगै मकवानपुरमा कोरोना जित्नेको संख्या ४ हजार ८ सय पुगेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif