Wednesday, 19th August, 2026
वि.स.

मकवानपुरमा तीन सवारी साधन एकआपसमा ठोक्किँयो

ac-1612775058.jpg

गएराति मकवानपुरमा ३ सवारी एकआपसमा ठोक्किँदा एक जना गम्भिर घाईते भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नंबर १५ को रातोमाटे नजिक दुर्घटना हुँदा एक जना गम्भिर घाईते भएको हो ।

हेटौंडाबाट बारा जाँदै गरेको ना ८ ख १३३८ नंबरको क्लिङ्कर लोड टेलरलाई सोहि दिशाबाट जाँदै गरेको ना ६ ख ६६७८ नंबरको ट्रकले ओभरट्रयाक गर्ने क्रममा विपरित दिशाबाट आउँदै गरेको ना ६ ख ६०१७ नंबरको ट्रक संग एकआपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा ना ८ ख १३३८ नंबरको टेलर चालक बारा परवानीपुर गाउँपालिका वडा नं।१ घर भएका २५ वर्षीय र्सफु आलमा गम्भिर घाईते भएका छन् । उनको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा दुई ट्रकका चालक फरार रहेका छन् । उनिहरुको खोजि कार्य भईरहेको प्रहरले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif