Tuesday, 25th August, 2026
वि.स.

मकवानपुरमा ट्रक दुर्घटनामा छोराको मृत्यु, बुबा घाईते

accident-new-1595740838.jpg

 मकवानपुरमा आइतबार भएको ट्रक दुर्घटना परि एकजनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् ।पूर्व–पश्चिम राजमार्ग अन्तर्गत् मनहरी गाउँपालिका वडा नं ९ स्थित खरङ्गामा ट्रक दुर्घटना हुँदा एकजनाको ज्यान गएको हो ।

दुर्घटनामा परि २० वर्षका राज चौधरीको मृत्यु भएको छ भने चालक समेत रहेका उनका बुबा लक्ष्मी नारायण चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।

हेटौँडाबाट चितवन तर्फ जाँदै गरेको ना ४ ख ७०४ नम्बरको ट्रक अनियन्त्रित भइ सडकबाट करिब २० मिटर तल पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।घाइते चौधरीको चितवनस्थित भरतपुरमा उपचार भैरहेको जनाईएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif