Tuesday, 25th August, 2026
वि.स.

मकवानपुरमा ७२ बर्षिया बृद्धाको हत्या

hattya-1591854504.jpg

 लकडाउनमा ससुराली आएर करिब २ महिना ससुराली बसेका ज्वाईले सासुको हत्या गरेका छन् ।मकवानपुर गढी १ मा रानिसेरामा आफ्नै ज्वाइ ३९ वषर्कका पदमबहादुर नेपालीले सासु ७२ वर्षकी कान्छीमाया भोम्जनलाई हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी इन्द्रबहादुर रानाले बताए ।  

घटना भएको जानकारी पछि घटनास्थल पुगेका रानाको अनुसार ज्वाँईले आफ्नी श्रीमतिसँग भएको झगडाको रिस सासुमाथि पोखेको प्राराम्भिक अनुसन्धानबाट पत्ता लागेको बताए ।
गएराती अत्यधिक मदिरा पिएका नेपालीले श्रीमति सहित आफ्ना तीन छोरीलाई समेत पिटपाट गर्न थालेपछि उनीहरु आफ्नो दाईको घरमा बसेको मकवानपुर गढी गाउँपालिका वडा नंबर १ का वडा अध्यक्ष आइतसिंह लोले बताए ।

लकडाउनको समयमा छोरी, ज्वाई र तीन नातिनि सहित माइतै बसेका थिए । नेपालीले यस अघि पनि पटकपटक श्रीमतीलाई मार्ने धम्की निदे गरेको समेत जानकारी आएको वडाअध्यक्ष लोको भनाई रहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif