Monday, 17th August, 2026
वि.स.

मकवानपुरमा जारी निषेधाज्ञा थप गरिने

makawanpur-1624166163.jpg

 मकवानपुरमा जारी निषेधाज्ञालाई थप गरिने तयारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेले जारी निषेधाज्ञालाई खुकुलो गर्दै थप गरिने तयारी गरिएको बताए । उनले जिल्लामा संक्रमण पुष्टि हुनेको संख्या भन्दा निको हुनेको संख्या बढेको भन्दै जारी निषेधाज्ञालाई खुकुलो गर्दै थप गरिने तयारी गरेको बताए । उनले भनेः आज विज्ञहरुलाई छलफलमा बोलाएका छौ,उहाँहरुबाट आएको प्रतिक्रियाबाट निष्कर्षमा पुग्छौ । निषेधाज्ञा जारी रहन्छ तर खुकुलो गर्छौ । निषेधाज्ञा कस्तो मोडालिटिमा जाने भन्ने निष्कर्ष आउँन बाकि रहेको छ ।

प्रशासनले जारी गरेको निषेधाज्ञाको समय  ७ असार राति १२ बजे सम्म रहेको छ । जेठ ३० गते बसेको जिल्ला कोभिड संकट व्यवस्थापनको बैठकले असार ७ गते सम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । जिल्लामा गएको बैशाख १९ गते राति १२ बजे देखि निषेधाज्ञा जारी रहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

makawanpur-1624166164.jpg






Thaha-002-1774415222.gif