Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा जनपथ र ससस्त्र गरी ७६ प्रहरीमा कोरोना संक्रमण

covide-1599803564.jpg

मकवानपुर जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी, इलाका प्रहरी, गढ, प्रदेश प्रहरी कार्यालय समेत गरी ६८ जना जनपथ प्रहरीमा कोराना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक शुशिल सिंह राठोरले जानकारी दिए ।

 बिहिबार एकै दिन हेटौंडा औद्योगिक क्षेत्रमा रहेका ८ जना ससस्त्र प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ससस्त्र प्रहरीमा यसअघि पनि कोरोना पुष्टि भएको तर, हाल सम्म कतीजनामा संक्रमण पुष्टि भयो भन्ने एकीन नभएको हेटौंडा उपमहानगरपालिकाका जनस्वाथ्य निरिक्षक भोला चौलागाईले जानकारी दिए ।

जनपथ प्रहरीमा भने हटिया प्रहरीचौकी, बसपार्क प्रहरीचौकी र प्रहरी हिरासतको थुनुवाबाट प्रहरीमा संक्रमण फैलिएको र त्यो संख्या बढेर गएको एसपी राठोरले जानकारी दिनुभयो । जनपथ प्रहरीमा कार्यरत ३३ जना संक्रमित प्रहरी उपचारपछी डिस्चार्ज भएका छन् । अरु ३५ जना प्रहरी उपचार रहेको उनले वताए।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०