Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा खोलाले बगाउदा परियार दम्पत्तिको मृत्यु

1-1601195000.jpg

मकवानपुरको मकवानपुरगढि गाउँपालिका ६ स्थित झल्ला भन्ने ठाँउमा सामरी खोला तर्ने क्रममा खोलाले बगाउदा श्रीमान/श्रीमतिको मृत्यु भएको छ ।

आइतबार विहान (आज) सामरी खोला तर्न खोज्दा मकवानपुरगढि गाउँपालिका ६ का वर्ष ६५ का ज्ञान बहादुर परियार र उनको श्रीमति वर्ष ६१ को तुलसा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता ईन्द्र बहादुर रानाले जानकारी दिए ।

उनीहरुलाई खोलाले बगाएर करिब १ किलोमिटर तलसम्म पुर्याएको प्रवक्ता रानाले बताए ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०