Tuesday, 25th August, 2026
वि.स.

मकवानपुरमा कोरोना संक्रमितको संख्या ८ सय नाघ्यो

corona-virous-1599715870.jpg

मकवानपुरमा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि हुनेको कूल संख्या ८ सय नाघेको छ । जिल्लामा बुधवार साँझसम्म कोरोना संक्रमितको संख्या ८ सय ४ जना पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता ९कोभिड–१९० डा। पुरुषोत्तम राज सेढाईका अनुसार, जिल्लामा बुधवार एकैदिन थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको कूल संख्या ८ सय ४ जना पुगेको हो ।

जिल्लामा हाल २१ जना क्वारेन्टाइनमा, ४ जना होम क्वारेन्टाइनमा, ९१ जना आइसोलेशनमा बस्दै आएको डा. सेढाईले बताए ।

जिल्लामा हालसम्म कोरोना संक्रमणको आशंकामा ६ हजार ९३७ जनाको पीसीआर विधिबाट नमुना परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif