Saturday, 25th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा कोरोना संक्रमितको सख्या ६३३ जना पुग्यो

positive-1599370542.jpg

मकवानपुर जिल्लामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमितको कूल संख्या ६ सय ३३ जना पुगेको छ ।

बागमती प्रदेशको समाजिक विकास मन्त्रालयका प्रवक्ता ९कोभिड–१९० डा। पुरुषोत्तम राज सेढाईका अनुसार, बुधवार विभिन्न स्थानीय तह गरी जिल्लामा थप १६ जनामा कोरोनाच संक्रमण पुष्टि भएसँगै संक्रमितको कूल संख्या ६ सय ३३ जना पुगेको हो ।

उक्त तथ्याङ्क मकवानपुरमा स्थायी घर भई अन्य जिल्लामा बसोबास गर्नेहरुलाई पनि समेटिएको छ । अन्य जिल्ला घर भई हाल मकवानपुर बस्नेहरुलाई भने नसमेटिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मकवानपुरका दश स्थानीय तहमध्ये हेटौंडा उपमहागरपालिका, मनहरी गाउँपालिका, थाहा नगरपालिका, भीमफेदी गाउँपालिका र मकवानपुरगढी गाउँपालिकामा कोरोना संक्रमित धेरै देखापर्न थालेका छन् ।

त्यस्तै, जिल्लामा हालसम्म कोरोना संक्रमणको आशंकामा ६ हजार ३५६ जनाको पीआर परीक्षण भएको छ ।जिल्लामा हाल १० जना क्वारेन्टाईन, ४ जना होमक्वारेन्टाइन र ६४ जना आइसोलेशन वार्डमा बस्दै आएका छन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०