Tuesday, 25th August, 2026
वि.स.

मकवानपुरमा कोरोना संक्रमितको संख्या १२ सय नाघ्यो

covide-1600498732.jpg

 मकवानपुरमा कोरोना संक्रमितको कूल संख्या १२ सय नाघेको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले मकवानपुरमा शुक्रवार साँझसम्म १ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

जिल्लामा शुक्रवार एकैदिन ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रवार विभिन्न स्थानीय तहमा गरी थप ३० जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता (कोभिड–१९) डा. पुरुषोत्तम राज सेढाईले जानकारी दिए ।जिल्लामा हाल १२ जना क्वारेन्टाइनमा, ४ जना होम क्वारेन्टाइन, १५३ जना आइसोलशनमा बस्दै आएका छन् ।

मन्त्रालयका अनुसार, कोरोना संक्रमणको आशंकामा मकवानपुरमा हालसम्म ८ हजारभन्दा बढीको पीसीआर विधिबाट नमुना परीक्षण भएको छ । जिल्लामा हालसम्म ८ हजार ३०७ जनाको पीसीआर विधिबाट नमुना परीक्षण भएको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif