Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा कोरोनाका सक्रिय संक्रमित १ सय ८५ मात्र

corona-1-1601602101.png

मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या एक हजार ३ सय ६३ पुगेको छ । १५ असोज राति थप ३१ जनामा कोरोना पुष्टि भए संगै संक्रमितको संख्या १ हजार ३ सय ६३ पुगेको हो ।

जिल्लामा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या एक हजार १ सय ७८ रहेको छ । यसर्थ मकवानपुरमा १ सय ८५ जनामात्र सक्रिय संक्रमित रहेका छन् ।   संक्रमित आइसोलेसन र होम आईसोलेसनमा उपचाररत रहेका छन् ।

जिल्लामा हालसम्म कोरोनाको कारण १३ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिकाका १२ जना र १ जना मनहरी गाउँपालिकाका गरी १३ जना रहेका छन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०