Tuesday, 25th August, 2026
वि.स.

मकवानपुरमा काेराेनाबाट मृत्यू हुनेकाे संख्या ७ पुग्यो

corona-death-1599268553.jpg

हेटौंडामा कोरोना संक्रमित बढेसंगै यसबाट मृत्यु हुनेको सख्या पनि बढ्न थालेको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचारत हेटौंडा उपमहानगरपालिका वडा नंबर ११ की ५२ वर्षीयाको मृत्यु भएको छ । निमोनिया भएर भदौ १० गते अस्पताल भर्ना भएकी उनमा ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

अस्पतालको आईसीयूमा उपचारको क्रममा उनको १९ भाद्र मृत्यु भएको अस्पतालले जनाएको छ । यो संगै मकवानपुरका कोरोनाको कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । मृत्यु हुने सबै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।

हेटाैंडामा अरु बिभीन्न रोगले थलिएकाहरु कोरोनाका कराण थपीएर मृत्यु हुन थालेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif