Tuesday, 25th August, 2026
वि.स.

मकवानपुरमा एकै दिन ४६ जनामा काेराेना संक्रमण पुष्टि [विवरण सहित]

corona-Update-1599671353.jpg

मकवानपुरमा २४ भाद्रमा एकै दिन ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साँझ थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै एकै दिन ४६ जनामा संक्रमण पुष्टिको हो ।

हेटौंडा–१० स्थित किटजन्य रोग तथा अनुसंधान तालिम केन्द्र, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट बुधबार साँझ प्राप्त रिपोर्ट अनुसार १४ महिला र १८ पुरुष गरि थप ३२ जनामा संक्रमण पुष्टि भएको हो । भदौं २२ गते स्वाब संकलन गरिएका १४६ जनाको २४ भाद्साँ साझ दोस्रो पटक सार्वजनिक गरिएको रिपोर्टमा थप ३२ जनामा संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए । साँझ थपिएका सबै हेटौंडा उपमहानगरपालिका क्षेत्रका रहेका हुन् ।

यस अघि आजै दिउँसो १४ जनामा संक्रमण पुष्टि भएको थियो । दिउसो सार्वजनीक गरिएको रिपोर्टमा हेटौंडा उपमहानगरपलिकाका ७ जना, मनहरी गाउँपालिकाका ४ जना, थाहा नगरपालिकाका २ जना र राक्सिराङ गाउँपालिकाका एकजना गरी १४ जनामा संक्रमण पुष्टि भएको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif