Tuesday, 25th August, 2026
वि.स.

मनहरीमा इनारभित्र पसेका दुइजनाको मृत्यु

enar-1601024743.jpg

मकवानपुरको मनहरीमा ईनारमा पसेर हराएका दुबै जना मृत फेला परेका छन् ।

मनहरी-७ मा रहेको साह पार्टी प्यालेसको ईनारभित्र राखेको पानी तान्ने मोटरपम्प विग्रिएपछि बनाउन पसेका दुई जना मृत फेला परेका हुन् । पार्टी प्यालेस संचालकका छोरा ३० बर्षीय सुरज साह मोटरपम्प बनाउन इनारमा पसेकोमा बाहिर नआएपछि स्थानीय १६ बर्षीय उत्सव नेपाली पनि इनारमा पसेका थिए । उनीहरूको शव चितवन टाँडिबाट आएको नेपाली सेनाले ईनारबाट निकालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  शवलाई पोष्टमार्टमका लागि हेटौंडा पठाइएको छ ।

दुबै बाहिर नआएपछि उद्धारका लागि डोरीको सहायताले पसेका आनन्द लो बिचमै अचेत भएका थिए । उनको उद्धार गरि उपचार मनहरी प्राथमिक स्वास्थ केन्द्रमा पठाइएको थियो । उनको होस खुलेको ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif